मिति २०७२ श्रावण २९ गते श्रीकृष्ण प्रणामी सेवा समिति नेपालका प्रमुख संरक्षक तथा श्रीकृष्ण प्रणामी धमाचार्य आचार्य श्री १०८ कृष्णमणिजी महाराज भूकम्पले नेपालमा भएको क्षती तथा त्यसपछि भएका कामहरुको निरिक्षण एबं जानकारीका लागि नेपाल भ्रमणमा आउने निश्चित भएको हुदा तपशिल बमोजिम भ्रमण कार्यक्रम रहेको ब्यहोरा जानकारी गराइन्छ ।


१. मिति २०७२।०४।२९ गते दिनको ३.०० बजे त्रि.अ.बिमानस्थलमा स्वागतका लागि भेला हुने र स्वागत गरी ब्यवस्थित किसिमले श्री नवतनधाममा ल्याउने । सो दिन मन्दिर दर्शनपछि नवतनधाममा नै उपस्थित ब्यक्तिहरुलाई दर्शन तथा आशिर्बाद दिने । श्री नवतनधाममा विश्राम ।
२. मिति २०७२ साउन ३० गते शनिबार श्री नवतनधाममा सबै समितिका पदाधिकारीलाई भेटघाट, कार्य प्रगति बारे जानकारी, सुन्दरसाथहरुलाई दर्शन भेट ।
३. मिति २०७२ साउन ३१ गते आइतबार उपत्यककामा भूकम्पबाट प्रभावित क्षेत्रहरुको भ्रमण निरिक्षण, बस्तुस्थिति जानकारी ।
४. मिति २०७२ साउन ३२ गते सोमबार बिहान ६.०० बजे निरिक्षण भ्रमणका लागि हेटौडा प्रस्थान । हेटौडाका विभिन्न मन्दिर निरिक्षण अवलोकन तथा हेटौडा बिश्राम ।
५. मिति २०७२ भदौ १ गते मंगलबार मकवानपुर क्षेत्रको भ्रमण पश्चात दिउसो काठमाडौ प्रस्थान । रातमा श्री नवतनधाम बिश्राम ।
६. मिति २०७२ भदौ २ गते बुधबार त्रि.अ.बिमानस्थल हवाई मार्गबाट श्री ५ नवतनपुरी प्रस्थान । श्री नवतनधामबाट बिदाई ।
सम्पूर्ण सुन्दरसाथहरु तथा सेवा समिति, युवापरिषद, बाइजुराज समितिका सबै तहका सम्पूर्ण पदाधिकारी सदस्यहरुलाई जानकारीका साथै आचार्यश्रीको सामिप्यता प्राप्त गर्नलाई अनुरोध गरिन्छ ।
श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल
केन्द्रीय कार्यालय
 
Top