२०७२।०२।०३
सर्व सुन्दरसाथ तथा भक्तजन ।
नवतनधाम व्यवस्थापन समितिले यस धाम अन्र्तगत भएका गतिविधि बारे सबै सुन्दरसाथ र भक्तजनहरु जो स्वदेश तथा विदेशमा हुनुहुन्छ सबैका लागि आज सम्मको कार्यको जानकारी गराउने उदेश्यले यो बुलेटिन प्रकाशित गरिएको छ । यसको लागि स्वयं मेरो तथा धामको तर्फबाट साधुवाद र धन्यवाद दिन चाहन्छु । मलाई विश्वास छ ,यस कार्यबाट स्वदेश तथा विदेशमा रहेका सुन्दरसाथ र भक्तजनहरुमा नवतनधाम तथा यस अन्तर्गत रहेका मन्दिरहरुमा भएका कार्यहरुको नियमित जानकारी हुने छ । जसबाट संम्पूर्ण सुन्दरसाथहरुलाई यस धाममा भए गरेका कार्यहरुको बारेमा जानकारीका साथै आफूलाई उचित लागेका सेवामा संलग्न हुन पनि सरल हुने अपेक्षा गरिएको छ ।
नवतनधाम सम्बन्धि विभिन्न कार्यहरुको विस्तृत जानकारी चाहिएमा व्यवस्थापन समितिको सचिवालयबाट प्राप्त गर्न सकिने छ । अन्त्यमा हालै गएको महा भुकम्पबाट भएको धन जनको क्षति प्रति गहिरो दुःख व्यक्त गर्दै सबैको आत्माको शान्तिका लागि परत्मामा सँग प्रार्थना गर्दछु । प्रणाम ।

रमेश पौडेल
अध्यक्ष



१. नयाँ व्यवस्थापन समिति
 समितिको नामावली ः– यही मिति २०७१।१२।२१ गतेमा भएको निर्वाचनमा निम्न पदाधिकारीहरु  निर्विरोध निर्वाचित हुनु भएको छ संरक्षक श्री १०८ अमृतराज महाराजजी र श्री नवतनधाम संचालक समितिका पदाधिकारी तथा सदस्यहरु रहनुभएको छ ।
अध्यक्ष श्री रमेश पौडेल
निबर्तमान अध्यक्ष श्री भुवनमान प्रधान
उपाध्यक्ष श्री गिता शर्मा
उपाध्यक्ष श्री बिष्णुप्रसाद चौलागाई
सचिव श्री शारदा मैनाली
कोषाध्यक्ष श्री राजेन्द्र संजेल
सहसचिव श्री गोकुल रिजाल
सहकोषाध्यक्ष श्री शिशिर दाहाल
सदस्य श्री नवराज कोइराला
सदस्य श्री भोला दाहाल
सदस्य श्री रामप्रसाद सापको६ा
सदस्य श्री मधु प्रधान
सदस्य श्री हेमकर्ण तिम्सिना
सदस्य श्री श्याम महर्जन
सदस्य श्री राजेन्द्र तिमल्सेना
पुजारी सदस्य श्री मोहन संजेल
बा.म.पदेन सदस्य श्री हेमकुमारी रिजाल
यु.प.पदेन सदस्य श्री विमल रिजाल
दिल्लीबजार, कोटेश्वर, गंगबु सत्संगका संयोजक पदेन सदस्य  जना |

२ . बाल आश्रममा रहेका बालकहरुको व्यवस्थापन
 नवतनधामको बालआश्रममा रहेका बालकहरुको संरक्षण र व्यवस्थापनका लागि विभिन्न कार्यहरु थालनी गरिएको छ ।
ड्ड आश्रममा बस्न चाहने बालकहरुले फोटो सहितको विवरण पत्र भरी सोको स्वीकृति व्यवस्थापन समितिबाट भएपछी बालकहरुले आश्रय पाउने छन्  र बालकहरुले कुनै कार्यवस आश्रम छाडी बाहिर जानु परेमा प्रशिक्षकको सिफारिसमा कार्यालय सचिवले स्वीकृति गरे पछि मात्र बाहिर जान पाईने छ ।
ड्ड प्रशिक्षकको व्यवस्था – बाल आश्रममा रहेका बालकहरुको हेरचाह र प्रशिक्षण गराउने कार्यका लागि श्री हरि प्रसाद कोइरालालाई जिम्मेवारी तोकिएको छ ।  विहान ५ः३० वजे देखी अष्टप्रहर सेवा पूजा , मेहर सागर,प्रकटवाणी , सम्बन्धि तालिम श्री पं मोहन संजेलबाट हुने छ । त्यसैगरीनै खाजा चिया गृहकार्य गरी ९ः०० बजे भोजन प्रसाद लिए पछी स्कूल जाने छन् । वेलुका संगित र भजन गाइने प्रशिक्षण हुने छ ।
ड्ड आश्रममा रहेका बालकहरुलाई अंग्रेजी बोडिङ स्कूलमा स्थान्तरण गरिएको छ । जस्को सेवा जोन ईङलिस स्कृलका मालिक सुन्दरसाथ श्री गोपाल कृष्ण रिजाल ज्यूबाट निःशुल्क भएको छ भने केही बालकका लागि विद्या विकाश बोडिङ्गले निःशुल्क सेवा गरेको छ ।
ड्ड भजन -कीर्तन-बाजा सम्वन्धि तालिम प्रत्येक दिन एक घण्टा दिइने गरिएको छ  जस्को विवरण अनुसुचिमा २ मा संलग्न छ ।
३. वाणी - वीतक चर्चनी प्रशिक्षण
   नवतनधामका श्रदेय संतजी श्री १०८ अमृतराजजी महाराजबाट विहान ६ः३० बजेबाट दैनिक वाणी तथा वीतकको चर्चा तथा प्रशिक्षण दिने कार्य प्रारम्भ गरिएको छ । हाल उक्त प्रशिक्षणमा ५० सुन्दरसाथले भाग लिई आफ्नो ज्ञान बढाउन महाराज ज्यू स्वयंले वाचन गर्ने प्रशिक्षणमा भाग लिन व्यवस्थापन समिति हार्दिक अनुरोध गर्दछ ।
४ . प्रत्येक शनिबार मन्दिर सफा गर्ने सेवा ।
   नवतनधाम हाम्रो संम्प्रदायको केन्द्रीय धाम रहेको छ । जस्मा प्रत्येक दिन सुन्दरसाथ तथा अन्य भक्तजनहरु मन्दिर दर्शन गर्न आउनु हुन्छ । यस बाहेक धार्मिक पर्यतक अन्य ठुलो संख्यामा आउने गर्नु हुन्छ । यसै सन्दर्भमा मन्दिरलाई सफा ÷ आकर्षक बनाउनु हामी सबैको कर्तव्य हो । उक्त कार्य स्वयम् हामीबाटै हुनु पर्दछ भने मान्यताबाट नवतनधाम व्यवस्थापनले सबैलाई अनुरोध गरे अनुसार मन्दिर वरिपरिका झार उखेल्ने कागज प्लास्टिक बटुल्ने , जलाउने र सफा गर्ने कार्य प्रारम्भ गरिएको छ । सो कार्यमा करिब ४० जना स्वयंसेवक सुन्दरसाथहरुले भाग लिई रहनु भएको छ ।
५ . व्यवस्थापन सम्बन्धि विभिन्न नियमावलीहरुको तर्जुमा
   नवतनधामको व्यवस्था चुस्त ÷दुरुस्त र व्यबहारिक बनाउने उदेश्यले निम्न बमोजिम नयाँ नियमावली बनाईएको छ ।
ड्ड कर्मचारी व्यवस्थापन ः– कर्मचारीहरुको पद श्रृजना, काम र कर्तव्य लगाएत कार्य विभाजन, पारिश्रमिकको नयाँ व्यवस्था गरिएको छ ।
ड्ड नवतनधाममा आश्रय लिनु भएका बृद्घ ÷बृद्घा को व्यवस्थापनका लागि बेग्लै नियमावली बनाइएको छ । यस बाहेक व्यवस्थापन समितिले आम्दानीका श्रोतको अभिवृद्घि गरि मीत व्ययी बन्ने नितिगत अवधारणा ल्याईएको छ । जस्को विस्त्रित विवरण यसै साथ अनूसूचि २ मा राखिएको छ ।
ड्ड भान्सा , भण्डार निजि खर्चमा बनाइएका कोठाहरु बृद्ध ÷बृद्धा र बाल आश्रममा बस्ने बालकहरुका लागि बेग्ला बेग्लै नियमावली बनाई लागु गरिएको छ ।
६ . फुलबारी व्यवस्थापनमा नयाँ अवधारणा
   मौजुदा फुलबारी व्यवस्थापन खर्चालु भएकाले सो को सट्टा आम्दानीमुलक बनाई स्वाबलम्बी र आत्म निर्भर बनाउनका लागि नवतनधाम नजिकका नर्सरीहरु संग छलफल चली रहेको छ । जस्मा मन्दिरले तोकेको व्यक्तिलाई सम्बन्धित नर्सरीले निःशुल्क तालिम दिने र तालिम सके पछी व्यावसायीक नर्सरी नवतनधाममानै राख्ने र नवतनधाममा आवश्यक पर्ने फूलका विरुवा र फूल प्राप्त हुने र बाँकी  फूल र विरुवा नर्सरीबाट विक्री गरि मन्दिरको आम्दानी बढाइने छ ।
७. अक्षयकोषलाई विशेष रुपमा व्यवस्थित गरिएको
अक्षयकोषलाई विशेष कार्यक्रमको रुपमा विकास गरी अभियानको रुपमा व्यापकता दिने कार्यक्रम ल्याईएको छ । फलस्वरुप यस कोषमा १२० जनाबाट रु.३२,५९,४४३।– रकम प्राप्त भएको छ । जस्को विस्तिृत जानकारी संलग्न अनुसुचिमा १ मा छ ।
८. उपत्यकाका मन्दिरहरुको अध्ययन
महाभुकम्प बाट भएको क्षति अध्ययन गर्न श्री १०८ अमृतराजजी महाराज , व्यवस्थापन समिति अध्यक्ष र वाइजीराज महिला समितिका उपाध्यक्ष प्रेमा पौडेलको टोली उपत्यकाका मन्दिरहरुको भ्रमण गरियो ।
९. सेवाहरु गर्न ईच्छुक सुन्दरसाथलाई दिने नवतनधाममा हुने ।
    सेवाहरुका विभिन्न  ईच्छुक सुन्दरसाथहरुमा बाड्ने शिलशिलामा गौशाला , भान्सा सेवा, सोलार बत्ति सेवा, मासिक सेवा , आदि ३६ किसिमका सेवा गर्न ईच्छुक सुन्दरसाथहरुलाई वितरण गर्ने र शुल्क तिरी लिन सकिने व्यवस्था गरिएको छ ।
१०. सेवाहरुको दरहरुमा परिवर्तन
मौजूदा मन्दिरमा हुने विभिन्न सेवाहरुमा समय सापेक्ष परिवर्तन गरिएको छ । जसबाट मन्दिरको आम्दानीमा बृद्धी हुने आशा राखीएको छ ।

नवतनधाम समाचार (बर्ष १ -  अंक १)
 
Top