आज सम्म संसारमा रहेका कुनै पनि धर्म ग्रन्थको सुक्ष्म अध्ययन गर्ने हो भने हर कुनै ग्रन्थले प्राणी माथि दया, करुणा र मायाको लागि आब्हान गरेको पाइन्छ | धर्मको आडमा पछी आएर मात्र अगुवा भनिनेहरुले आफ्नो स्वार्थ र चाहना अनुसार आफु अनुकुल ब्याख्या गर्ने परिपाटी अभ्यास गरेको पाइन्छ | संसारमा बाँच्न पाउन अधिकार जति मानिसलाई छ त्यतिनै अन्य प्राणीलाई पनि छ | भनिन्छ आत्मामा इस्वरको वास रहेको हुन्छ | हरेक प्राणीमा आत्मा छ, आत्मा नै ब्रह्म हो आत्मा नै इश्वर हो | परिवारको सुख शान्ति र भाकलको नाममा अबोध प्राणी को हिंसा गर्नु वात्सल्य स्वरूप, न्यायस्वरूप देवी देउताको घोर अपमान हो |
संसारमै बदनाम धर्मको आडमा गरिने भिभत्स गढ़िमाई प्राणी हिंसाको आज त्यहिको ब्यबस्थापन समितिले अन्त्य गरेको समाचारले सम्पूर्ण अहिंसा प्रेमीहरुलाई अपार हर्षको अनुभूति गराएको छ| भोलि यो कुरालाई ब्यबहारिक रुपमा लागु गर्न हामी सबैले आ आफ्नो तर्फबाट सक्दो सहयोग पुर्याउन आवस्यक छ | एनिमल राईट एंड वेलफेयर सेन्टरका अभियन्ता उत्तम दाहालजीहरुको समुहले गढीमाई भिभत्स प्राणी हिंसा अन्त्यको कानुनी रुपमा अन्त्यको लागि सर्बोच्च अदालतमा रिट दायर गरेको छ .. आशा गरौँ सम्माननीय सर्बोच्च अदालतले गढीमाई हिंसा अन्त्यको लागि कानुनी मान्यता समेत प्रदान गरि बलि प्रथाको अन्त्यको लागि उदाहरणीय कदम उठाओस्|
 // प्रार्थना गरौँ //
 प्रणाम ||




((श्रीकृष्णप्रणामी युवापरिषद् नेपालबाट साभार:
https://www.facebook.com/photo.php?fbid=524572744367419&set=a.475546222603405.1073741890.100004440945881&type=1))
 
Top