श्रीकृष्ण प्रणामी युवा परिषद नेपालले संबिधान निर्माणमा आफ्नो दायित्व निभाउदै उपाध्यक्ष नमराज ढकाल, सल्लाहकार भोला दाहाल, महासचिव मात्रिका प्याकुरेल, सेवा समिति नेपालका सह कोषाध्यक्ष होमनाथ बराल, परिषद दुबई च्याप्टर UAE का अध्यक्ष घनश्याम नेपाललगायतका पदाधिकारी हरुको प्रतिनिधि मण्डलले तपसिलका बुंदा सहित १५ सुझावहरु संबिधान सभाका सम्माननीय अध्यक्ष सुभाष नेम्बांगलाई बुझाउने कार्य सम्पन्न गरियो |



- नेपाललाई धर्म स्वतन्त्रता सहितको हिन्दुराषट्र घोषणा गरिनुपर्ने |
- धार्मिक आस्थाको नाममा सार्बजनिक स्थान तथा मठ मन्दिरहरुमा
पशुपंक्षीलाई बलि दिने प्रथा अन्त्य गरिनुपर्ने |
- राजनितिक स्थायित्व एवं जनतासंग प्रत्यक्ष सरोकार राख्ने प्रत्यक्ष निर्बाचित
सरकार प्रमुख हुनुपर्ने |
- सबै तहका सरकारका व्यबस्थापिका र कार्यपालिका सदस्यहरुको न्युतम
शैक्षिक योग्यता तोक्नु पर्ने | सहितका १५ बुदाहरु ..
जानकारीका लागि: विघटित संबिधान सभामा समेत सार्बजनिक स्थान तथा मठ मन्दिरहरुमा
पशुपंक्षीलाई बलि दिने प्रथा अन्त्य गरिनुपर्ने माग गर्दै देश भरि बाट ५००००० (पाँच लाख) हस्ताक्षर सहित २०६६ असौज ७ गते परिषदको तर्फ बाट तत्कालिन सभामुख नेम्बांगलाई बुझाईएको थियो..


सुझाव प्रतिबेदन हातमा दिदै सल्लाहकार भोला दाहालजी (२०७२ श्रावन ५ गते):











 
Top