साधुवाद!
अशोज ३, २०७२
सद् धर्म परायण शिरोमणि धर्मप्राण सुन्दरसाथजी एवं भक्त समुदाय, सबैमा मेरो सप्रेम प्रणाम !
श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल केन्द्रीय समिति  एवं श्री नवतनधाम संचालक समितिको पहलमा सत्साहित्य एवं धर्म प्रचार प्रसारको लागि अत्याधुनिक प्रबिधिद्वारा संचालित वेबसाइटको अवधारणा राखी www.navatandham.org.np नामक  वेबसाइट संचालनमा ल्याएको छ । यस वेबसाइटमा सत्साहित्य, धर्मको परिचय, कार्यक्रम/ गतिविधिहरु बारे जानकारी , प्रचार प्रसारका गतिबिधिहरु, एवं विभिन्न सूचना र जानकारीहरु राखिने छ । २१औं सताब्दिको यो अत्याधुनिक समयमा इन्टरनेट प्रयोग गर्न जान्ने/ पहुँचमा रहनुभएका सर्व सुन्दरसाथहरुले यसको भरपुर सदुपयोग गर्नुहुनेछ र यस वेबसाईटलाई अगाडी बढाउन सल्लाह सुझाब दिएर यसलाई अझ प्रभाबकारी ढंगले संचालन गर्न सहयोग गर्नुहुनेछ भन्ने अभिलाषा रहेको छ ।
अत: समयको मागलाई बुझी  थालनी गरिएको  यो महान प्रयाशलाई धेरै धेरै साधुवाद दिंदै पूर्ण सफलताको शुभेच्छा राख्दछु । प्रणाम ।


शुभेच्छुक,
गादीपति श्री १०८ अमृतराजजी महाराज

श्री नवतनधाम 
 
Top